१२ श्रावण २०८१, शनिबार

नेकपा एमालेको विघटित कार्यदलमा रहेका नेपाल पक्ष नेता ‘संकटमा’

प्रकाशित मिति :  18 July, 2021 1:19 pm


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेपछि पार्टी एकताका लागि प्रयास रहत नेताहरूलाई नैतिक संकट देखिएको छ ।

पार्टी एकताका लागि गठित कार्यदल विघटन गरेपनि नेताहरू भने अझै सक्रिय रहेका छन् । उनीहरूले नेकपा एमालेका लागि पहल जारी राखेका छन् भने छलफलपनि गरिरहेका छन् ।

तर प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी गरेपछि भने नेपाल पक्षका विघटित कार्यदलका नेताहरू संकटमा परेका हुन् । पार्टी एकताका लागि सक्रिय एक नेताले भने,“यो त बडो संकट भयो,अन्तिमसम्म के हुन्छ वातावरण हेरौं ।”

आज बिहान मात्रै नेपाल पक्षका विघटित कार्यदलका सदस्यहरूले नेता नेपालसँग छलफल गरेका थिए । छलफलपछि नेता गोकर्ण विष्टले भने,“अहिले हामीले पार्टी एकता गर्ने विषयमा मुख्य छलफल भयो हाम्रो ध्यान त्यसैमा छ ।”

नेपाल पक्षलेले समर्थन नगरे देउवाले विश्वासको मत गुमाउने छन् र फेरि मुलुक चुनावको बाटोमा जाने छ । नेपाल भने सरकारलाई विश्वासको मत दिएर संसदपनि बचाउने र पार्टी एकताको छलफलपनि जारी राख्ने पक्षमा छन् ।

अध्यक्ष केपी शर्मा ओली पक्षले भने देउवालाई विश्वास मत दिने एमाले नरहने घोषणा गरिसकेका छन् । एमालेको आजको स्थायी कमिटी बैठकमा समेत नेपाल पक्ष सहभागि भएको छैन ।

 



प्रतिक्रिया दिनुहोस !