१२ श्रावण २०८१, शनिबार

कामाना सेवा विकास बैंकको खुद मुनाफा ६ गुणाले बढ्यो

प्रकाशित मिति :  18 July, 2021 1:59 pm


काठमाडौं ।  कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८मा खुद मुनाफा ६ गुणाले वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्तिमसम्म आइपुग्दा बैंकले ७० करोड २ लाख रुपैँया मुनाफा आर्जन गरेको हो ।

पहिलो त्रैमासमा ४० करोड ४५ लाख खूद मुनाफा आर्जन गरेको थियो । जुन अघिल्लो आर्थिक बर्ष २०७६/७७ को तुलनामा करिब ६ गुणाले बढि हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ११ करोड ९७ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो ।

२०७८ असार मसान्तमा बैंकले १ अर्ब ४९ करोड रुपैयाँ ब्याद आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधीको तुलनामा २९.९२ प्रतिशतले बढि हो । त्यस्तै बैंकको सञ्चादन मुनाफा पनि अधिल्लो आर्थिक बर्षको तुलनामा ३३.६४ प्रतिशतले बृद्धि भई १ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक बर्ष २०७६ ७७ को असार मसान्त सम्ममा १३ करोड ७४ लाख रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा गत आर्थिक बर्षमा बृद्धि भएर ४३ करोड ४५ लाख रुपैयाँ सकारात्मक भएको छ ।

गत आर्थिक बर्षको अन्तिम सम्ममा बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने सुमिक्षा अवधिमा बैंकले ३८ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

कम्पनीको खुद मुनाफामा बृद्धि भएसंगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि बृद्धि भएको छ । गत आर्थिक बर्षको अन्तिम सम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४० पैसा पुगेको छ । त्यस्तै सोही अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसाबाट बढेर १४८ रुपैयाँ ६१ पैसा पुगेको छ।



प्रतिक्रिया दिनुहोस !