१२ श्रावण २०८१, शनिबार

ओलम्पिक सुरु हुन चार दिन बाँकी रहेका बेला टोकियो ओलम्पिक गाउँका तीन खेलाडी कोरोना पजिटिभ

प्रकाशित मिति :  18 July, 2021 2:45 pm


काठमाडौ । ओलम्पिक ट्वेन्टी ट्वेन्टी सुरु हुन चार दिन बाँकी टोकियो ओलम्पिक गाउँका तीन खेलाडी कोरोना पजिटिभ फेला परेका छन् ।

कोरोनाभाइरससम्बन्धी बन्देज र मापदण्डलाई कडिकडाउका साथ पालना गर्न बनाइएको आधारहरू कार्यान्वय गर्दा तीन जना खेलाडी कोरोना पजिटिभ फेला परेका हुन् ।

जापान टाइम्सले जनाए अनुसार ओलम्पिक गेम्सका पाँच जना कर्मचारी, एक करारका कामदार र एक पत्रका पनि कोरोना पजिटिभ फेला परेको आइतबार जनाइएको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका दक्षिण कोरियाली सदस्य रिउ सेउङ शनिबार मिन नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि परीक्षण गरिँदा पजिटिभ फेला परेको थियो ।

गत वर्ष सन् २०२०मा कोरोनाभाइरसका कारण रोकिएको टोकियो ओलम्पिक अगस्ट ८मा समाप्त हुने गरी जुलाई २३देखि सुरु हुने भएको हो ।
जापानी सरकारले यो ओलम्पिकका लागि अपनाउनुपर्ने सबै उपाय अपनाउने प्रतिबद्धता गरेको छ ।

यो ओलम्पिकमा कुनै पनि दर्शकलाई अनुमति दिइएको छैन् । अधिकांश जापानीहरूले याो ओलम्पिक खेलकुदको आयोजनालाई स्थगित गर्न मतसर्वेक्षणमा मत जाहेर गरेको देखिएको छ । ओलम्पिक रोक्न कतिपय प्रदर्शनहरू भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !