१२ श्रावण २०८१, शनिबार

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिति :  18 July, 2021 3:14 pm


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएर बहुमतको आधारमा निर्णय गर्ने व्यवस्था गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !