१२ श्रावण २०८१, शनिबार

नेप्से झण्डै १०० अंकले बढ्दा साढे ११ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार

प्रकाशित मिति :  18 July, 2021 3:55 pm


काठमाडौं । गत महिना समग्रमा ओरालो लागेको सेयरबजार नयाँ आर्थिक वर्षको कारोबारको पहिलो दिन सेयर बजारमा उछाल आएको छ । आज आइतबार नयाँ आर्थिक वर्षको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक झण्डै १०० अंकले बढेको छ भने कारोबार रकममा पनि वृद्धि भएको छ ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै सूचीकृत कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । कम्पनीहरुले वर्षभरीको वित्तीय विवरण मुनाफा सार्वजनिक गर्न थालेसँगै सेयरबजारमा उत्साह छाएको छ ।

सबै कम्पनीहहरुको वित्तीय विवरण आउने भएकोले पनि सेयरबजार अब केही समय हरियाली छाउने लगानीकर्ताहरु बताउँछन् । जसको कारण सेयरबजारमा थप चहलपहल बढ्नेछ ।

आईतबार नेप्से परिसुचक ९७.२१ अंकले बढेर २९८०.६१ को अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसुचक १९.५५ अंकले बढेर ५६०.९६ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये सबै उपसमुहमा हरियाली छाएको छ ।

आज कारोबारका आधारमा मन्जुश्री फाइनान्स अग्रस्थानमा रहेको छ । कम्पनीको ४० करोड ९९ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
नेप्सेमा आज ५ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन हिमालयन पावर पार्टनर, सिंगटी हाइड्रोपावर, सिन्धु विकास बैंक, ङादी ग्रुप पावर र समृद्धि फाइनान्सको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

आज सबैभन्दा धेरै गुमाउनेमा म्यूचुअल फण्ड रहेका छन् ।

आज नेप्सेमा २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार रुपैयाँ बरबारको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !