१९ जेष्ठ २०८०, शुक्रबार

खनालले देउवालाई मत दिन आह्वान गरेको केही बेरमा उपाध्यक्ष रावलले संसद पदबाट दिए राजीनामा

प्रकाशित मिति :  18 July, 2021 4:29 pm


काठमाडौ ।एमालेका उपाध्यक्ष तथा सांसद भीम रावले संसद पदबाट राजीनामा दिएका छन् ।

पार्टी नेतृत्वबाट शिर निहुराउने गरी भएको राजनीतिक गतिविधि लगायतका कारण आफूले संसद पदबाट राजीनामा दिएको भनी सार्वजनिक घोषणा गरी रावलले संसद भवन भित्र राजीनामा बुझाउन छिरेका छन् ।

रावलले एमाले एकता कायम गर्न बनेको कार्यदलका सदस्य भएर १० बुँदे सम्झौता सम्म गराएको भएपनि त्यसले प्रधानमन्त्री केपी शर्मा ओलीले लचकता नदेखाएकाले सफल हुन सकिएको देखिएको थियो ।

पूर्वप्रधानमन्त्री तथा पूर्व अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिन आह्वान गरेको केही समय पछि उपाध्यक्ष रावलले राजीनामा दिएको घोषणा गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !