१२ श्रावण २०८१, शनिबार

देउवालाई मतदान गर्न औपचारिक निर्णयको मस्यौदा फाइनल गर्दै ठाकुर

प्रकाशित मिति :  18 July, 2021 6:25 pm


काठमाडौ ।जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयको मस्यौदा तयारीमा लगोको छ ।

यसअघि ओली सरकारमा मन्त्री बनेका महन्थ ठाकुर निकटका सांसद उमाशंकर अरगरियाले ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय गरेको र यसको मस्यौदा टुङ्याउने काम भइरहेको बताएका छन् ।

मधेशका मागहरूलाई सम्बोधन गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री देउवाले लेखेको पत्रमा ठाकुर पक्षले सो निर्णयमा पुगको पार्टीका नेताहरूले बनाएका छन् ।

पार्टी विभाजित हुने अवस्थामा पुगे पनि जसपाका दुवै पक्षको मत देउवाले पाउने भएको देखिएको छ ।

जसपाका दुवै पक्षको तर्फबाट मतदान गर्न ३२ जना योग्य छन् । दुई जनाले मतदान दिन नसक्ने अवस्थामा रहेका छन्।



प्रतिक्रिया दिनुहोस !