१२ श्रावण २०८१, शनिबार

नेपाल पक्षका १० नेता संसद भवनबाट बाहिरिए

प्रकाशित मिति :  18 July, 2021 9:20 pm


काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षका १० जना सांसद संसद भवनबाट बाहिरिएका छन् ।

विघटित कार्यदलका सदस्यसहित १० जना सदस्य संसद भवनबाट बाहिरिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया चलिरहँदा संसद भवनबाट बाहिरिदै एमाले नेता गोकर्ण विष्टले पार्टी एकताका लागि सुझबुझपूर्ण निर्णय लिइएको बताए ।

संसद भवनबाट बाहिरिनेमा गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे,घनश्याम भुसाल, योगेश भट्टराई,सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार,झपट रावल,राजबहादुर बुढा,दिपक भट्ट र नारायण खतिवडा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !