१२ श्रावण २०८१, शनिबार

५ वटा प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्क रहन आग्रह

प्रकाशित मिति :  19 July, 2021 7:38 am


काठमाडौं । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती तथा प्रदेश १ का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

साथै सुदुरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । सुदूुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले अनुमान गरेको छ ।

राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी , लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। साथै सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले भनेको छ,“पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।”



प्रतिक्रिया दिनुहोस !