१२ श्रावण २०८१, शनिबार

प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी मोदीबाट बधाई

प्रकाशित मिति :  19 July, 2021 7:49 am


फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेका छन् ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेको केही बेरमै सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री मोदीले शुभकामना व्यक्त गरेका हुन् ।

सबै क्षेत्रमा बहुआयामिक भारत र नेपालबीचको जनस्तरको प्रगाढ एवं अद्वितीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री देउवासँगको सहकार्यका निम्ति आफू प्रतीक्षारत रहेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले पनि शुभेक्षाका निम्ति प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरेका छन् । सामाजिक सञ्जालबाटै उनले दुवै देशबीचको सम्बन्धलाई सबल बनाउने प्रधानमन्त्री मोदीसँग निकट सम्पर्कमा रहेर काम गर्ने आफ्नो अभिलाषा प्रकट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !