१२ श्रावण २०८१, शनिबार

पाकिस्तानमा बलपुर्वक धर्म परिवर्तन, मानव अधिकारकर्मीहरुद्धारा निन्दा

प्रकाशित मिति :  19 July, 2021 8:46 am


पाकिस्तानमा बलपुर्वक धर्म परिवर्तन र विवाह गरेको भन्दै यूरोपेली मानवअधिकारकर्मीहरुले निन्दा गरेका छन् ।
पाकिस्तानको पञ्जाब प्रान्तस्थित गुरगञ्जवालामा १३ बर्षीय बालिकालाई बलपुर्वक धर्म परिवर्तन गरी विवाह गरेको घटनामाथि मानव अधिकारकर्मीहरुले आवाज उठाएका हुन् ।

ईसाई धार्मिक समुदायकी १३ बर्षीय बालिका नयब गिलको अपहरणपछि मुस्लिम धर्म परिवर्तन गरी ३० बर्षीय मुस्लिम समुदायका पुरुषसँग विवाह भएको हो । युरोपस्थित ओभरसिज पाकिस्तानी क्रिस्चियन अलाएन्सले घटनाको निन्दा गर्दै कारबाहीको माग गरेको छ । केही दिन अघि मात्रै पनि सिन्ध प्रान्तमा हिन्दु समुदायका दुई व्यापारीहरुको अपहरण भएको सिन्ध एक्प्रेस समचारपत्रले समाचार प्रकाशित गरेको थियो ।

यस्तै, सिन्ध प्रान्तकै इस्लामकोटमा सुरक्षाकर्मीले एक हिन्दु कामदारको ज्यान लिएको घटना बाहिरिएको थियो । एक रिपोर्ट अनुसार पाकिस्तानमा प्रत्येक बर्ष एक हजार धार्मिक अल्पसंख्यक महिला तथा बालबालिकालाई मुस्लिम धर्ममा बलपुर्वक रुपान्तरण गर्ने गरेको पाईन्छ ।

मुख्यगरि सिन्ध र पञ्जाब प्रान्तमा आर्थिक तथा सामाजिक दृष्टिकोणले पछाडी परेका अल्पसंख्यकहरुलाई बलपुर्वक धर्म परिवर्तन गर्ने गरेको तथ्यांकहरुले देखाएको छ ।



प्रतिक्रिया दिनुहोस !