१२ श्रावण २०८१, शनिबार

गोकर्ण विष्टले भने,‘हाम्रो दृढ प्रयत्नले अवश्य पनि सफलता पाइ छोड्ने छ’

प्रकाशित मिति :  19 July, 2021 11:24 am


काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीलाई एकताबद्ध गर्न निरन्तर प्रयत्न गरिरहने बताएका छन् ।

अनेकन प्रतिक्रियाहरूकोबीचमा पनि एकताका लागि धैर्यता नगुमाउने उनको भनाई छ । भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने हाम्रो दृढ प्रयत्नले अवश्य पनि सफलता पाइ छोड्ने विष्टको भनाई छ ।

विष्टसहितका नेपाल पक्षका १० जनाले हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिएर संसद भवनबाट बाहिरिएका थिए । देउवालाई मत नदिँदा पार्टी एकताका लागि पहल गर्न सहज हुने उनीहरूको आकलन थियो ।

विष्टले भनेका छन्,“हामी पार्टीलाई एकताबद्ध गर्न निरन्तर प्रयत्न गरिरहेका छौँ । अनेकन प्रतिक्रियाहरूको बीचमा पनि पार्टी एकताको लागि हाम्रो प्रयत्न कायमै  रहनेछ । यसबीचमा देखापर्ने विभिन्न घटनाक्रमहरुमा पनि एकताका लागि धैर्यता नगुमाऔं । पार्टी पंक्तिले एकता चाहेको छ ।”

पछिल्लो समयपनि विघटित कार्यदलका सदस्यहरू पार्टी एक बनाउनका लागि कसरत गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !