२८ श्रावण २०७९, शनिबार

प्रभु इन्स्यारेन्सको १० प्रतिशत बोनस सेयर सेयरधनी खातामा

प्रकाशित मिति :  19 July, 2021 12:29 pm


काठमाडौं । प्रभु इन्स्यारेन्सको लिमिटेडले आफ्ना सेयरधनीहरुको डिम्याट खातामा १० प्रतिशत बोनस सेयर जम्मा गरेको छ ।

कम्पनीले बैशाख २५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा १० प्रतिशतका दरमा बोनस सेयर जम्मा गरेको हो । सो अवधिसम्म भौतिक सेयर प्राप्त गरेका सेयरधनीहरुलाई कम्पनीले सेयर अभौतिकीकरण गराई आफ्नो खाताको विवरण बुझाउन अनुरोध गरेको छ ।

कम्पनीको जेठ ६ गते सम्पन्न भएको २५ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

उक्त बोनस सेयर रजिष्ट्रार प्रभु क्यापिटलको वेवसाइट बाट पनि प्राप्त गर्न सकिने व्यवस्था रहेको छ ।

कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस !