१२ श्रावण २०८१, शनिबार

फर्स्ट माइक्रोफाइनान्सको खुद नाफामा सामान्य वृद्धि,

प्रकाशित मिति :  19 July, 2021 1:50 pm


काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष ०७७७८ मा खुद मुनाफामा सामान्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीको खुद नाफा १.२९ प्रतिशत बढेको छ ।

बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सामान्य मात्रै सुधार भएको छ ।उक्त विवरण अनुसार गत आर्थिक वर्षको अन्तिसम्म आइपुग्दा कम्पनीले १४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १.२९ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले १३ करोड ९७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८.१० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३.२९ प्रतिशत मात्र बढेको २२ करोड ५१ लाख रुपैयाँ पुगेको छ । सोही अवधीमा अघिल्लो वर्ष कम्पनीले २१ करोड ७९ लाख रुपैयाँ पुगेको थियो ।

समिक्षा अवधिममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १६ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९५ पैसा रहेको छ भने मूल्य आम्दानी –पिई रेसियो) ५०.९९ गुणा रहेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ८७ करोड ६८ लाख रुपैयाँ र जगेडा कोषमा २८ करोड १ लाख रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !