१२ श्रावण २०८१, शनिबार

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ संसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टिकरण

प्रकाशित मिति :  19 July, 2021 2:29 pm


काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

आज बसेको केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २२ जना सांसदलाई २४ घण्टा स्पष्टिकरण सोधेको हो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले नेकपा एमालेका केही नेता तथा सांसदले हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको र त्यो कम्युनिष्ट आन्दोलनको मुल्यमान्यता र आदर्शविपरीत रहेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी दिए ।

बैठकले १० बुँदे सहमति अनुमोदन समेत गरेको छ । प्रवक्ता ज्ञवालीले केन्द्रीय कमिटी बैठकले समेत १० बुँदे सहमति अनुमोदन गरेको जानकारी दिए । उनले भने,“हामीले १० बुँदे सहमतिको भावना अनुरुप जेठ २ र ३ गते पार्टीको नवौं केन्द्रीय कमिटी बैठक बोलाएका थियौं, आज १० औं बैठक बोलाएर सहमति कार्यान्वयन सुरु गरेका छौं ।”

बैठक बोली ३ बजेसम्मका लागि स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस !