१२ श्रावण २०८१, शनिबार

धितोपत्र बोर्डले यी ३ कम्पनीलाई दियो आईपीओ निष्काशनको अनुमति

प्रकाशित मिति :  19 July, 2021 3:04 pm


काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले विभिन्न ३ कम्पनीलाई आईपीओ निष्कासनको लागि अनुमति दिएको छ । बोर्डले गत असार ३१ गत सानिमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त वित्तीय संस्था, साम्लिङ् पावर कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।

जस मध्ये सानिमा लाइफले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्कासन गर्नेछ । कम्पनीले उक्त आइपीओ निष्कासनको लागि गत जेठ ९ गते बोर्डमा निवेदन दिएको थियो ।

त्यस्तै मानुषी लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर आईपीओ निष्कासन गर्नेछ । कम्पनीले उक्त आइपीओ निष्काशनको लागि वैशाख १३ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीले उक्त आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट बैंकिङ लाई नियुक्त गरेको छ ।

अर्को साम्लिङ पावरले स्थानीय आयोजना प्रभावित सर्वसाधारणको लागि १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । लागि बोर्डबाट अनुमति पाएको हो । कम्पनीले उक्त आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट बैंकिङ लाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !