२८ श्रावण २०७९, शनिबार

नेप्से १३.९७ अंकले वृद्धि, कारोबार रकम साढे ११ अर्ब माथि

प्रकाशित मिति :  19 July, 2021 4:35 pm


काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सेञ्ज नेप्से १३.९७ अंकले वृद्धि भएर २ हजार ९ सय ९४.५८ अंकमा पुगेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.०२ अंकले घटेर ५६०.९४ अंकमा पुगेको छ ।

आज १३ ओटा उपसमूहमध्ये ८ ओटा उपसमुहको परिसूचक बढेको छ भने बाँकी रहेका ५ ओटा उपसमूहको परिसूचक घटेको छ ।

कारोबारको आधारमा आज एनआईसी एसिया बैंक अग्रस्थानमा रहेको छ । यस कम्पनीको आज ३५ करोड भन्दा बढीको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको सेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनीको सेयरमूल्य ९.२० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज २१९ ओटा कम्पनीको ३ करोड ७५ लाख कित्ता सेयर ११ अर्ब ८१ करोड ३७ लाख रुपैयाँ बराबरको खरिद विक्री भएको छ ।



प्रतिक्रिया दिनुहोस !