५ जेष्ठ २०८१, शनिबार

नेप्से ९ अंकले घटेसँगै कारोबार रकममा पनि गिरावट

प्रकाशित मिति :  20 July, 2021 5:02 pm


काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार आज नेपाल स्टक एक्सेञ्ज नेप्से घटेर बन्द भएको छ । आज नेप्से ९.०१ अंकले घटर २ हजार ९८५.५७ अंकमा वन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८२ अंकले घटेर ५५८.११ अंकमा बन्द भएको छ ।

आज १३ ओटा उपसमुहमध्ये ५ ओटा अपसमूहको परिसूचक बढेका छ भने बाँकी रहेका ८ ओटा उपसमूहको परिसूचक घटेको छ ।

कारोबारको आधारमा अरुण कबेली पावर लिमिटेड अग्रस्थानमा रहेको छ । यो कम्पनीको आज ३८ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो ।

नेप्सेका अनुसार आज चार ओटा कम्पनीको सेयरमूल्य उच्च बृद्धि भएको छ । लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्युटी फण्डको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने बरुण हाइड्रोपावर र माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको हो ।

आज २१९ ओटा कम्पनीको ३ करोड १६ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८९ करोड ७५ लाख रुपैयाँ बराबरमाको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !