२३ श्रावण २०७९, सोमबार

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्घाखाँची मालपोत कार्यालय एक हप्ताका लागि बन्द

प्रकाशित मिति :  21 July, 2021 8:22 am


अर्घाखाँची । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्घाखाँची मालपोत कार्यालय एक हप्ताका लागि बन्द गरिएको छ ।

कार्यालय प्रमुख सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि साउन ११ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो ।

कार्यालय प्रमुख राजिव पन्थीले कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको जानकारी दिए । अत्यावश्यक सेवा भने सञ्चालन हुने पन्थीको भनाई  छ ।



प्रतिक्रिया दिनुहोस !