१७ श्रावण २०७८, आईतवार

२४ घण्टामा देशभर २८३८ जना कोरोना संक्रमित थपिए, ३० जनाको मृत्यु

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार १७:०२


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८३८ जना कोरोना संक्रमित थपिएका छन् भने ३० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,४७५ रहेको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना संक्रमित थपिएका छन् ।



प्रतिक्रिया दिनुहोस !