१७ श्रावण २०७८, आईतवार

चितवनमा एक पुरुषको शव भेटियो, नजिकै गोलीको खोका

प्रकाशित मिति :  ७ श्रावण २०७८, बिहीबार ११:०१


चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १७ मा एक पुरुषको शव फेला परेको छ ।

सिमलडाडा नहरमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए । घटनास्थल नजिकै एउटा गोलीको खोका भेटिएको छ भने मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको थापाको भनाई छ ।

मृतकको पहिचान हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !