२८ श्रावण २०७९, शनिबार

चितवनमा धादिङका एक युवाको शव फेला

प्रकाशित मिति :  22 July, 2021 3:52 pm


काठमाडौं । चितवनमा धादिङका एक युवाको शव भेटिएको छ । भरतपुर महानगरपालिका १७, बनगाई डेरी चोकमा धादिङ निलकण्ठ नगरपालिका १३ निवासी अन्दाजी २७ वर्षीय भरत गुरुङको शव भेटिएको चितवन प्रहरीले जनाएको छ ।

बिहीबार बिहान उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको बायाँतर्फको कन्चटमा गहिरो चोट देखिएको छ ।
मृतक गुरुङको शव नजिकै गोलीको खोका भेटिएकाले त्यसैबाट मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।



प्रतिक्रिया दिनुहोस !