५ जेष्ठ २०८१, शनिबार

नेप्से १८ अंकले बढ्यो, बैंकिङमा हरियाली छाउँदा कारोबार रकम ११ अर्ब माथि

प्रकाशित मिति :  22 July, 2021 4:26 pm


काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से उकालो लागेको छ । आज नेप्से परिसूचक १८.७५ अंकले बढेर ३००४.३१ अंकमा पुगेको छ भने कारोबार रकम पनि ११ अर्ब नाघेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ४.०६ अंकले बढेर ५६२.२४ मा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये ५ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको सेयर घटेको छ ।
त्यसैगरी, बिहिबार ४ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । अन्य ३ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

बिहीबार कारोबारको आधारमा कृषि विकास बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४६ करोड २१ लाख ४७ हजार २ सय ४० रुपैयाँ बराबरको कारोबार भएको छ ।त्यस्तै आज सर्वाधिक कारोबार हुने कम्पनीहरूमा क्रमश ः एनआईसी एशिया बैंक, नेपाल बैंक ङादी ग्रुप पावर, सिद्धार्थ बैंक, मञ्जुश्री फाइनान्स, अरूण काबेली, नबिल बैंक, अरूण भ्याली र सानिमा बैंक रहेका छन् ।

नेप्सेमा आज लक्ष्मी उन्नती कोष ङादी ग्रुप पावर, सिइडिबी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपालको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ भने पोखरा फाइनान्स, लक्ष्मी इक्विटी फण्ड, ग्लोबल आईएमई सम्मुनत योजना, सिटिजन म्युचुअल फण्ड२ , सिटिजन म्युचुअल फण्ड १, र ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सकरात्मक सर्किट लेबलमा कारोबार भइरहेको छ ।

त्यस्तै आज एभरेष्ट इन्स्योरेन्स संस्थापक सेयर, हिमालयन पावर पार्टनर, बरूण हाइड्रोपावर, विशाल बजार, सारथी नेपाल लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त, रिडी हाइड्रोपावर, पाँचथर पावर र कर्णाली डेभलपमेन्ट बैंकले सर्वाधिक गुमाएका छन् ।

कूल २२२ वटा कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६ सय १६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !