२ भाद्र २०७९, बिहिबार

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला

प्रकाशित मिति :  23 July, 2021 7:44 am


फाइल फोटो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा हिजो अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको अनुमान छ । मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए ।

योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८/७९ मा तीन वटा भाले गैँडाको मृत्यु भएको छ ।रासस



प्रतिक्रिया दिनुहोस !