२८ श्रावण २०७९, शनिबार

मध्यम तथा लामो दूरीका सवारी साधनहरू सञ्चालनमा

प्रकाशित मिति :  24 July, 2021 8:17 am


काठमाडौं । मध्यम तथा लामो दूरीका सवारी साधनहरू आजदेखि सञ्चालन भएका छन् । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै बन्द रहेका अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि खुला गरेको हो ।

मन्त्रिपरिषदको यही साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले यातायात व्यवसायीलाई अनुरोध गरेको छ ।

काठमाडौँ प्रशासनले हिजो एक विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषद्को निर्णयानुसार ‘त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायतका साधन सञ्चालन गर्न’अनुरोध गरेको थियो ।

प्रशासन कार्यालयले अनिवार्यरूपमा टिकट काटेर मात्रै यात्रा गर्न तथा नेपाल सरकारले जारी गरेको मापदण्डको पूर्ण कार्यान्वयन गर्न भनेको छ ।



प्रतिक्रिया दिनुहोस !