२ भाद्र २०७९, बिहिबार

२४ घण्टाभित्र मौसमको अवस्था यस्तो हुने छ

प्रकाशित मिति :  25 July, 2021 7:22 am


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको विभाग अन्तर्गतको महाशाखाको अनुमान छ ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

२४ घण्टे चेतावनी जारी गर्दै महाशाखाले भनेको छ,‘देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश नं १ र गण्डकी प्रदेशका भारी बर्षाको संभाबना रहेको हुनाले पहाडी भू– भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ ।”



प्रतिक्रिया दिनुहोस !