२० बैशाख २०८१, बिहिबार

प्रभु क्यापिटलले ल्यायो ‘समर डिम्याट स्किम’

प्रकाशित मिति :  25 July, 2021 2:43 pm


काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ‘समर डिम्याट स्किम’ सञ्चालनमा लयाएको छ । बैंकले डिम्याट सेवामा फरक ढंगबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइतबारबाट संचालन हुनेगरी समर डिम्याट स्किम योजना ल्याएको हो ।

यस योजनाअन्तरगत ग्राहकले १ वर्षका लागि सित्तैमा डिम्याट खाता र मेरो शेयर प्राप्त गर्नेछन् । यो योजना २०७८ श्रावण ३२ गते सम्म सञ्चालन हुनेछ ।

साथै यस योजना अन्तरगत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोल्नु भएका एवं खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन गरेका ग्राहकहरुले अरु १० जनालाई यस योजनामा रिफर गरी नयाँ डिम्याट खाता खोलाएमा थप १ वर्षको लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त गर्नेछन् ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभर रहेको शाखाबाट यो योजनाअन्तरगत डिम्याट खाता खोल्न सक्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !