२ भाद्र २०७९, बिहिबार

पाल्पामा हिड्दा हिड्दै बेहोस भएर एक पुरुषको मृत्यु

प्रकाशित मिति :  25 July, 2021 3:50 pm


काठमाडौं । शनिवार दिउँसो बाटोमा हिँड्दा हिँड्दै ढलेर बेहोस भएका पाल्पाका एक पुरुषको गएराति मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–३ अमिलेका ४८ बर्षीय जितबहादुर आले शनिवार दिउँसो २ बजे घरबाट भैंसी किन्न हिँडेका थिए ।

घरबाट निस्किएको केही समयमा नै अमिले गाउँकै दोबाटो भन्ने स्थानमा पुगेपछि बाटोमा ढलेर बेहोस भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा लगिएको थियो । गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !