२५ श्रावण २०७९, बुधबार

अर्घाखाँचीमा कोरोनाका कारण वडा अध्यक्षको मृत्यु

प्रकाशित मिति :  25 July, 2021 7:05 pm


अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

सन्धिखर्क नगरपालिका–८ किमडाडामा घर भएका वडा अध्यक्ष भुसालको उपचारको क्रममा काठमाण्डौको हेम्स अस्पतालमा ६१ बर्षको उमेरमा आज निधन भएको हो ।

कोरोना सक्रमण भएपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको वडा अध्यक्ष भुसालको अवस्था गम्भीर भएपछि ४ दिन अघि हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

स्थानीय जनता कृष्ण माध्यमिक विद्यालयको लामो समय प्रध्यानाध्यापक रहेर अध्यापन पेशा अंगालेका भुसाल शिक्षक पेशाको अबकास पछि नेकपा एमाले बाट वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !