२३ श्रावण २०७९, सोमबार

सुचिकृत कम्पनीहरुलाई विवरण बुझाउन नेप्सेको अनुरोध

प्रकाशित मिति :  26 July, 2021 1:49 pm


काठमाडौं । सुचिकृत संगठित कम्पनीहरुलाई बर्गिकरणको लागि आवश्यक विवरण उपलब्ध गराउन नेपाल स्टक एक्सचेन्ज नेप्सेले अनुरोध गरेको छ ।

नेप्सेले सोमबार (आज) विज्ञप्ती प्रकाशित गर्दै धितोपत्र सुचीकृत विनियमावली २०७५ को विनियम ११ बमोजिम सुचिकृत कम्पनीहरुको प्रत्येक त्रैमासिक अवधिमा वर्गिकरण गर्नुपर्ने भएकाले चौथो त्रैमासिक वर्गिकरणको लागि आवशयक विवरण बुझाउन अनुरोध गरेको छ ।

नेप्सेले एक सूचना प्रकाशन गर्दै धितोपत्र सूचीकृत विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीहरूको प्रत्येक त्रैमासिक अवधिमा वर्गिकरण गर्नुपर्ने भएकाले चौथो त्रैमासिक वर्गिकरणका लागि आवश्यक विवरण बुझाउन अनुरोध गरेको हो ।

यही साउन १७ गते, आइतबार कार्यलय समयभित्र सुचिकृत कम्पनीहरुले आवश्यक विवरण पठाउनु पर्ने साथै विवरणहरू ष्कितष्लन२लभउबकितयअप.अयm मा इमेल गरिसक्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !