२० बैशाख २०८१, बिहिबार

नेप्से ८ अंकले घटेपनि कारोबार रकम १४ अर्ब माथि

प्रकाशित मिति :  26 July, 2021 3:43 pm


काठमाडौं । आइतबार सार्वधिक उच्च अंकमा पुगेर नयाँ कीर्तिमान कायम गरेको नेपाल स्टक एक्सचेन्ज नेप्से आज ओरालो लागेको छ । सोमबार सामान्य अंकले नेप्से ओरालो लागेपनि १४ अर्ब माथि सेयर कारोबार भएको छ ।

आज नेप्से परिसूचक ८.२४ अंकले घटेर ३०५०.४२ अंकमा मा पुगेको भने सेन्सेटिभ परिसूचक पनि २.९३ अंकले घटेर ५७१.१० मा पुगेको छ ।

नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहको सेयर बढेको छ भने ५ वटा उपसमूहको सेयर घटेको छ ।

त्यस्तै  आज ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रीन लाइफ हाइड्रोपावर, जानकी फाइनान्स, माउन्टेन हाइड्रो, रिडी हाइड्रो र विशाल बजारको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

कारोबार रकमका आधारमा आज ङादी ग्रुप सर्वाधिक अग्रस्थानमा रहेको छ । कम्पनीको ३९ करोड ३० लाख ३७ हजार ८ सय ३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज सर्वाधिक कारोबार कम्पनीहरूमा क्रमश ङादी ग्रुप पावर, हिमालयन डिष्टीलरी, एनआईसी एशिया बैंक, कृषि विकास बैंक, नेपाल बैंक, अरूण भ्याली हाइड्रोपावर, सिद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक र मञ्जुश्री फाइनान्स रहेका छन् ।

सर्वाधिक नाफा कमाउने विशालबजार, जानकी फाइनान्स, रिडी हाइड्रोपावर कम्पनी, माउन्टेन हाइड्रो नेपाल, ग्रीनलाइफ हाइड्रो लगायत रहेका छन् ।

यस दिन सर्वाधिक नाफा गुमाउनेमा ११ प्रतिशत एनआइसी एशिया डिबेञ्चर २०८२÷८३, पोखरा फाइनान्स, सनराइज बैंक, सनराइज फर्स्ट म्युचुअल फण्ड, सानिमा बैंक लगायत रहेका छन् ।

कूल २२३ वटा कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४ सय ४७ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४ सय ३१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !