२ भाद्र २०७९, बिहिबार

अर्घाखाँचीमा कोरोना संक्रमण फेरि बढ्न थाल्यो,सक्रिय संक्रमितको संख्या ३९६ जना

प्रकाशित मिति :  27 July, 2021 7:24 am


अर्घाखाँची । अर्घाखाँचीमा कोरोना संक्रमणदर बढेको छ । निषेधाज्ञा खुकुलो भएसंगै जिल्लामा संक्रमणदर बढ्दै गएको हो । सोमबार मात्रै जिल्लामा ४८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा ११ जना,भुमिकास्थान नगरपालिकामा ६ जना, छत्रदेव गाउँपालिकामा १, पाणिनी गाँउपालिकामा १ मालारानी गाँउपालिकामा २४ जना, शितगंगा नगरपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३१ सय ६४ पुगेको छ । संक्रमित मध्य २६ सय ९७ जना निको भएका छन् । ७१ जनाको मृत्यु भएको छ । ३९६ जना अझै सक्रिय संक्रमितको संख्या रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !