२८ श्रावण २०७९, शनिबार

दाङको तुल्सीपुरमा ह्युमपाईप बिच्छाउन खनिएको खाल्डोमा मोटरसाइकल खस्दा चालकको मृत्यु

प्रकाशित मिति :  27 July, 2021 11:01 am


दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिका–७ पर्सेनीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

बाटो निर्माणको लागि खनेको खाडलमा परेर मोटरसाइकल दुर्घटना हुँदा टरिगाउँका ३८ वर्षीय चुडामणि भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।

तुल्सीपुरबाट बिजौरी जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल ह्युमपाईप बिच्छाउन खनिएको खाल्डोमा खसेको थियो ।



प्रतिक्रिया दिनुहोस !