२ भाद्र २०७९, बिहिबार

योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल

प्रकाशित मिति :  27 July, 2021 6:14 pm


काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल (विश्व पौडेल)लाई नियुक्त गरेको छ ।

युनिभर्सिटी अफ क्यालिफोनिर्याबाट ‘एग्रिकल्चरल एन्ड रिसोर्स इकोनोमिक्समा विद्यावारिधि गरेका पौडेल हाल काठमाडौं विश्वविद्यालय अन्तर्गतको ‘काठमाण्डु युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट’ मा भिजिटिङ एसोसियट प्रोफेसर र नेपाल उद्योग परिसंघमा आर्थिक परामर्शदाता छन् ।

यसअघि डा. पौडलेलले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)मा आर्थिक परामर्शदाता, मिलेनियम च्यालेन्ज नेपालमा अर्थशास्त्रीका रुपमा काम गरिसकेका छन् भने सानिमा बैंक र मध्य तमोर जलविद्युत कम्पनीको सञ्चालक रहिसकेका छन् ।

सरकारले आयोगका सदस्यहरूमा डा. रामकुमार फुयाल र डा. दिलबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । दुवै अर्थशास्त्रीहरू यसअघि पनि योजना आयोगको सदस्य रहेकामा नेकपा विभाजनसँगै निवर्तमान प्रधानमन्त्री केपी ओलीले दुवैलाई निरन्तरता दिएका थिएनन ।



प्रतिक्रिया दिनुहोस !