२ भाद्र २०७९, बिहिबार

आयोगको उपाध्यक्ष र सदस्यमा कांग्रेस र माओवादी केन्द्रको बाँडफाँड,२ सदस्य अन्य दललाई बाँकी

प्रकाशित मिति :  27 July, 2021 7:01 pm


काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यमा कांग्रेस र माओवादी केन्द्रले बाँडफाँड गरेका छन् ।

कांग्रेसले उपाध्यक्ष  लिएको छ भने माओवादी केन्द्रले २ वटा सदस्य लिएको छ । जनता समाजवादी पार्टी र माधव नेपाल पक्षका लागि २ सदस्यीय बाँकी राखिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका उपाध्यक्षमा कांग्रेसको कोटाबाट डा.विश्वनाथ पौडेल(विश्व पौडेल) नियुक्त भएका छन् भने माओवादी केन्द्रको कोटाबाट सदस्यमा डा. रामकुमार फुयाल र डा. दिलबहादुर गुरुङलाई नियुक्त भएका छन् ।

सदस्यमा नियुक्त दुवै अर्थशास्त्रीहरू यसअघि पनि योजना आयोगको सदस्य रहेकामा नेकपा विभाजनसँगै निवर्तमान प्रधानमन्त्री केपी ओलीले दुवैलाई निरन्तरता दिएका थिएनन् ।

स्रोतका अनुसार माधव नेपाल पक्ष र जनता समाजवादी पार्टीलाई २ सदस्य बाँकी राखिएको छ । नियुक्ति अघि प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका थिए ।

माधव नेपाल पक्षको सरकारमा सहभागिताबारे अझै टुंगो लागेको छैन भने जसपाबाट पनि सरकार सहभागिताको निर्णय भएको छैन । त्यसैले गठवन्धनका मुख्य २ दलले आफ्नो कोटाबाट आयोगको अध्यक्ष र सदस्यमा सहभागि गरेका हुन् ।

दुई दलबीच भएको सहमति अनुसार आजको मन्त्रिपरिषद बैठकले आयोगको अध्यक्ष र सदस्य नियुक्त गरेको हो ।



प्रतिक्रिया दिनुहोस !