२५ श्रावण २०७९, बुधबार

अर्घाखाँचीमा एकैदिन ८७ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  27 July, 2021 7:34 pm


अर्घाखाँची । अर्घाखाँचीमा एकैदेखि ८७ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ८७ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । सन्धिखर्क नगरपालिकामा ३३ जना,भुमिकास्थान नगरपालिकामा १ जना, शितगंगा नगरपालिकामा १२ जना,मालारानी गाउँपालिकामा ३ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै पाणिनी गाउँपालीकामा ३५ जना र छत्रदेव गाउँपालीकामा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३२ सय ५१ पुगेको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ४८३ जना सक्रिय संक्रमित आईसोलेसनमा रहेका छन् ।

जसमा सन्धिखर्क नगरपालीकामा २३० जना, भुमिकास्थान नगरपालिकामा १०२ जना, शितगंगा नगरपालीकामा २९ जना, मालारानि गाउँपालिकामा ५६ जना,पाणिनि गाउँपालिकामा ५८ जना र छत्रदेव गाउँपालिकामा ८ जना संक्रमित रहेका छन् ।

कोरोना संक्रमणका कारण हालसम्म ७१ जनाको ज्यान गएको छ । यस्तै जिल्लामा अहिलेसम्म २६ सय ९७ जनाले कोरोनालाई जितेका छन् ।



प्रतिक्रिया दिनुहोस !