८ बैशाख २०८१, शनिबार

कोरिया भाषा परीक्षा उत्तीर्णलाई कोरिया पठाउन प्रक्रिया मिलाइँदै

प्रकाशित मिति :  28 July, 2021 3:28 pm


काठमाडौ । कोरिया भाषा परीक्षण उत्तीर्ण गरेकाहरूलाई प्रक्रिया पु¥याएर लाने विश्वास नेपालस्थित दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले विश्वास दिलाएकाा छन् ।

उनले भाषा परीक्षा उत्तीर्ण गरेर पनि कोरिया जान नपाएका युवाहरूलाई लैजान आफ्नो देश गम्भीर रहेको जनाएका हुन् ।

अर्थमन्त्री जनार्दन शर्मासँग बुधबारको भेटमा राजदूतले यस्तो विश्वास दिलाए ।

अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई काम गर्न जान पाउने वातावरण बनाइदिन आग्रह गरेका थिए ।
अर्थमन्त्रीको आग्रहलाई सकारात्मकरूपमाा लिँदै राजदूत पार्कले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिएका थिए ।

साथै भेटमा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दा त्यसमा पनि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास राजदूतले व्यक्त गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस !