१५ चैत्र २०८०, बिहिबार

रोल्पामा बोक्सीको भन्दै कुटपिट गरेको आरोपमा धामीसहित ३ जना पक्राउ

प्रकाशित मिति :  29 July, 2021 7:34 am


रोल्पा । रोल्पामा बोक्सीको आरोप लगाउने धामीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको भन्दै एक युवतीले उजुरी दिएपछि सुनिलस्मृति गाउँपालिका वडा नं.६ का २६ वर्षीय धामी राहुल सुनार, रोल्पा नगरपालिका वडा नं. ४ का चुना कुमारी सेन र सीता सेनलाई पक्राउ गरिएको रोल्पाका प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए ।

रोल्पा नगरपालिका १० धबाङ घरभइ सदरमुकाम लिबाङमा डेरा गरी वस्ने २६ वर्षीय महिलाले आफूलाई वोक्सी भन्दै साउन ६ गते बेलुकी कोठैमा आएर कुटपिट गरेको भन्दै उजुरी दिएकी थिइन् ।

११ गते उजुरी दिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पीडित महिलाले आफूलाई धामी राहुलले फोनबाट पनि धम्काएको र पछि चुना, सीता सेनसहित आएर कोठामै कुटपिट गरेको आरोप लगाएकी छन् ।

रोल्पा प्रहरी प्रमुख सुवेदीले  कोठामै धामीसहित गएर कुटपिट गरेको उजुरी परेपछि पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !