२० बैशाख २०८१, बिहिबार

नेप्से १५ अंकले घट्यो, १० अर्बमाथिको कारोबार

प्रकाशित मिति :  29 July, 2021 4:25 pm


काठमाडौं । बुधबार हालसम्मकै उच्च अंकमा पुगेर नयाँ कीर्तिमान कायम गरेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज भने ओरालो लागेको छ ।

कारोबारको अन्तिम दिन नेप्से परिसूचक १५.११ अंकले घटेर ३७९.८३ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.४७ अंकले घटेर ५७०.८५ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये २ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ११ वटा उपसमूहको सेयर घटेको छ ।
यो दिन वित्त समूह सर्वाधिक १.९४ प्रतिशतले ओरालो लागेको छ । लगानी समूह १.१३ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.४८ प्रतिशत, जलविद्युत समूहमा ०.८८ प्रतिशत, जीवन बीमा समूहमा ०.४७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८० प्रतिशत, लघुवित्त समूहमा ०.०९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४६ प्रतिशत, अन्य समूहमा ०.६१ प्रतिशत र व्यापार समूहमा ०.११ प्रतिशतको गिरावट आएको छ।

आज नेप्सेमा कारोबारका आधारमा गुडविल फाइनान्स कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ३३ करोड ९२ लाख ५६ हजार ५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये २१७ कम्पनीका २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४.१७ रुपैयाँ बराबरको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !