१६ चैत्र २०८०, शुक्रबार

पदभार ग्रहण गर्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले भने : कालीगण्डकी डाइभर्सन गर्नुपर्छ

प्रकाशित मिति :  30 July, 2021 1:37 pm


रुपन्देही । लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदभार ग्रहण गरेका छन् । शेरचनले लुम्बिनी प्रदेश मुकाम बुटवलमा पदभार ग्रहण गरेका हुन् ।

गत मंगलबारको संघीय मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो ।

पदभर ग्रहण गर्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले कालीगण्डकी–तिनाउ डाइभर्सनको काम अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले विवाद समाधान गरेर डाइभर्सनको काम अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

सरकारले कालीगण्डी नदी भाइभर्सनको काम अगाडि बढाएलगत्तै विवाद सुरु भएको थियो भने सर्वोच्च अदालतले अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।

शेरचन यसअघि गण्डकी प्रदेशको प्रमुख थिए । गण्डकी प्रदेश प्रमुख हुँदा आफूले उत्तरगंगाको पानी डाइभर्सन गरेर कालीगण्डकीमा पानीको बहाव कम हुन नलिने उपाय सुझाव दिएको बताए ।

उनले भने,“डाइभर्सन गरेको पानी जहाँ गए पनि नेपालीले प्रतिफल पाउने हो ।”

शेरचनले लुम्बिनी प्रदेशमा प्राकृतिक स्रोत साधन पर्याप्त भएको र तिनको सदुपयोग गरेर प्रदेशको विकास गर्नुपर्नेमा बताए । प्रदेश सरकार, राजनीतिक दल, संघसंस्था र नागरिक समाजसँग छलफल गरेर सुझाव अनुसार आफू अगाडि बढ्ने शेरचनको भनाई छ।



प्रतिक्रिया दिनुहोस !