१३ बैशाख २०८१, बिहिबार

जनता समाजवादी पार्टी संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

प्रकाशित मिति :  31 July, 2021 3:19 pm


काठमाडौं । जनता समाजवादी पार्टी संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।

आज बसेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

केन्द्रीय कार्यकारिणी अध्यक्ष हुन् । यादवको प्रस्तावकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र समर्थकमा महेन्द्र राय यादवले थिए ।

अर्को उमेद्वारी नपरेपछि यादव निर्विरोध चयन भएका छन् । आधिकारिकताको टुंगो लागेपछि जसपाले संसदीय दलको नेता चयन गरेको    हो ।



प्रतिक्रिया दिनुहोस !