७ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेश प्रमुखसँग विपक्षी गठबन्धनको भेट,नयाँ सरकार गठनका लागि पहल गर्न आग्रह

प्रकाशित मिति :  31 July, 2021 5:45 pm


रुपन्देही । लुम्बिनी प्रदेशका विपक्षी दलले बहुमतीय सरकार निर्माणका लागि पहल गर्न ध्यानकर्षण पत्र बुझाएका छन् ।

आज प्रदेश प्रमुख अमिक शेरचनसँग भेटवार्ता गर्दै वर्तमान सरकार अल्पमतको रहेको भन्दै बहुमतको सरकार निर्माणका लागि पहलका लागि ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्रदेश प्रमुख शेरचनलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ,“सरकारलाई विघटन गरी १६८(२) बमोजिम बहुमतको सरकार निर्माणको लागि मार्ग प्रसस्त गर्न आवश्यक पहलको लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने विपक्षी गठबन्धन दलको तर्फबाट माननीय प्रदेश प्रमुख समक्ष विनम्र अनुरोध गर्दछौं ।”

ध्यानकर्षणपत्रमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी, कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कानोडिया, जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहस्रराम यादव र राष्ट्रिय जनमोर्चाकी तारा जिसीले हस्ताक्षर गरेका छन् ।

गठबन्धनले बुझाएको ध्यानकर्षण पत्रमा भनिएको छ,“संविधानको भावना र प्रदेश प्रमुखको गरिमालाई कमजोर पार्ने र असंवैधानिक प्रणालीमा लाने प्रदेश सरकारको गलत नियतलाई सच्याउनु पर्ने विषयमा ध्यानाकर्षण गर्दछौं ।”

विपक्षी गठबन्धनले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रदेश सभामा प्रस्तुत भई निर्णयार्थ पेश गर्ने बेलामा असार ३१ गते सत्तारुढ दल र सरकारले नै प्रदेशसभा बहिस्कार गरेर अल्पमतमा रहेको तथ्य ढाकछोप गरिएको र सोही रात अधिवेशन अन्त्य गरी साउन १ मा अध्यादेशद्वारा वजेट प्रस्तुत गरिएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !