१६ चैत्र २०८०, शुक्रबार

रथी शर्मा कायममुकायम प्रधानसेनापतिमा नियुक्त

प्रकाशित मिति :  1 August, 2021 3:31 pm


काठमाडौं । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिमा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा शर्मा कामयमुकायम प्रधानसेनापति नियुक्त भएका हुन् । वर्तमान प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ गते सकिदैछ भने उनी साउन २५ गतेदेखि विदामा बस्दैछन् ।

थापा घरविदामा बस्न लागेकाले साउन १२ गते शर्मालाई सरकारले कायमुकायम प्रधानसेनापति नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रधानसेनापति थापा साउन २५ गतेदेखि विदामा बस्न लागेकाले साउन २६ गतेदेखि लागू हुने गरी शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !