१३ बैशाख २०८१, बिहिबार

भोलिदेखि मनकामना स्मार्ट र युनियन लाइफको पहिलो सुरु, ओपनिङ रेन्ज कति ?

प्रकाशित मिति :  1 August, 2021 3:39 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा केही साता अघि आइपीओ निष्काशन गरेको मनकामना स्मार्ट लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सुचिकृत सम्झौता भएको छ । आइतबार (आज) सुचिकृत भए सँगै दुवै कम्पनीको सेयर भोलिदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

नेप्सेमा मनकामना स्मार्टको १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ११ हजार ५०० कित्ता सूचीकृत भएको छ। जसमा संस्थापकको ८ लाख २२ हजार ५०० कित्ता र सर्वसाधारणको ३ लाख ८९ हजार कित्ता रहेका छन्।

नेप्सेले कारोबारको लागि लघुवित्तलाई एमकेएलबी कारोबार संकेत प्रदान गरेको छ भने पहिलो करोबारका लागि न्यूनतम ११०.८४ रुपैयाँदेखि अधिकतम ३३२.५२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

यसैगरी युनियन लाइफको १०० अंकित दरका कुल २ करोड १५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमा संस्थापकको १ करोड ५० लाख ५० हजार कित्ता र सर्वसाधारणको ६४ लाख ५० हजार कित्ता रहेका छन्।

दोस्रो बजारमा सेयर कारोबारको लागि नेप्सेले इन्स्योरेन्सलाई यूएलआई कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने न्यूनतम ११५.१३ रुपैयाँदेखि ३४५.३९ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !