१६ चैत्र २०८०, शुक्रबार

नेप्से सामान्य अंकले बढ्यो, हाइड्रोमा चमक उच्च

प्रकाशित मिति :  1 August, 2021 4:04 pm


काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एकसचेन्ज सामान्य अंकले बढेको छ । आइतबार समग्र नेप्से परिसूचक १.२५ अंकले बढेर ३०८१.०५ अंकमा पुगेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि १.२४ अंकले बढेर ५७२.१५ मा पुगेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १३ उपसमूहमध्ये, ६ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको सेयर घटेको छ ।

आइतबार ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सीनर्जी पावर, कालिका पावर, युनिभर्सल पावर, घलेम्दी हाइड्रोपावर, ग्रीन लाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज कारोबारका आधारमा नेशनल हाइड्रो पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ३६ करोड ६ लाख ५३ हजार ७ दसय ५१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै लक्ष्मी एक्यूटी फण्डका लगानीकर्ताले गुमाएका छन् ।

नेप्सेकाअनुसार आज २२६ वटा कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३ सय ५२ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८ सय ६२ रुपैयाँको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !