१४ बैशाख २०८१, शुक्रबार

निवृत्त हुँदै कृषि सचिव कार्कीले भने, ‘अब म कृषि कर्ममा रमाउने छुु’

प्रकाशित मिति :  1 August, 2021 7:29 pm


काठमार्डौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्की ३० वर्षे सेवा अवधि पूरा गर्दै सोमबारदेखि लागू हुने गरी निवृत्त भएका छन् ।

सिंहदरबारको कृृषि तथा पशुपंक्षी विकास मन्त्रालयको खचाखच भरिएको सभाहलमा आइतबार उनको विदाई कार्यक्रम सम्पन्न भएको छ ।

मन्त्रालय र मातहतका निकायका कर्मचारी, आयोजनाहरु तथा सरोकारवाला संघसंस्थाका प्रतिनिधीहरुको उपस्थितिमा उनको विदाइ कार्यक्रम गरिएको हो ।

कुनै मन्त्रीको स्वागत कै झल्को दिने विदाइ समारोहबीच कार्कीले आफू निवृत्त जीवन कृषकको रुपमा विताउने घोषणा गरे ।

“निवृत्तपछि मसँग चार वटा विकल्प छन्, राजनीतिक नियुुक्ती खाने, राजनीति गर्ने, विकासे संस्थामा सल्लाहकारको रुपमा काम गर्ने र कृषक बन्ने,” उनले भने, “मँ बाँकी जीवन कृषक भएर विताउन चाहन्छु ।”

कार्कीको स्थायी घर सोलुखुम्बु हो । उनले हिमाल, पहाड र तराइमा कृषि फार्म चलाउने र फार्ममा समय विताउने बताए ।

“अब मँ कृषक बनेर तपाइहरुको कार्यालयमा आउनेछु, सरकारी सेवा सुविधा लिनुपर्दा कृषकले भोगेका समस्या भोग्नेछु,” विदाइ कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई इंकित गर्दै कार्कीले भने ।
सरकारी सेवामा रहँदा सदैव कृषि क्षेत्रको उत्थानमा लागेकाले आफ्नो कार्यकाल सन्तोषपूर्ण रहेको उनको भनाइ छ ।

नेपालका कृषिको व्यवसायीकरणको जग बसाउने भूमिका खेलेको र निवृत्त जीवन पनि कृषिप्रति नै समर्पित हुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !