१६ चैत्र २०८०, शुक्रबार

विधान महाधिवेशन गर्ने एमालेको निर्णय,वडा र पालिका अधिवेशन असोजको दोस्रो हप्तासम्म सक्ने

प्रकाशित मिति :  1 August, 2021 7:24 pm


काठमाडौं । नेकपा एमालेले भदौ २७ र २८ गते काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना
गर्ने भएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले पार्टीको विधान महाधिवने गर्ने मिति पारित गरेको हो । विधान महाधिवेशनमा प्रस्ताव गर्ने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

त्यस्तै सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र रामबहादुर थापा बादलको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरिएको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।

प्रस्तावहरुलाई अन्तिम रुप दिन र अन्य आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको बैठक आगामी हप्ता आयोजना गरिने ज्ञवालीको भनाई छ ।

बैठकले आगामी असोजको पहिलो हप्ता देशका सबै वडाहरुमा वडा अधिवेशन र दोस्रो हप्ता सबै पालिकाहरुमा पालिकास्तरमा पार्टी अधिवेशन गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !