१४ बैशाख २०८१, शुक्रबार

एनआरएनए नाइजेरियाको अध्यक्षमा वीरेन्द्र गुप्ता सर्वसम्मत

प्रकाशित मिति :  2 August, 2021 12:07 pm


नाइजेरिया । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समितिको लेगोसमा सम्पन्न आठौं वार्षिक साधारणसभाले वीरेन्द्र गुप्ताको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा अभिषेक मान सिंह , सुशील गिरी र महिला उपाध्यक्षमा अञ्जु खरेल चयन भएका छन् ।

त्यसै गरि महासचिवमा सोमेश अर्याल , सचिवमा सञ्जय थापा र टोप बहादुर गुरुङ र महिला सचिवमा अर्चना सिंह, कोषाध्यक्षमा सागर उप्रेती , सहकोषाध्यक्षमा सरोज कुमार, महिला संयोजकमा सविता सेठ, युवा संयोजकमा सुहिम थापा चयन भएका छन् ।

कार्य समितिको सदस्यहरूमा सतिश पाण्डे ( अबुजा ), बिरेन्द्र बहादुर बस्नेत ( कटसिना ) , राजु धिताल ( साङ्गो वटा ) , कृष्ण थापा ( भिआई ) ,सुभाष सिम्खडा ( पोर्टहर्ट कोर्ट ) , राजु भुषाल ( कानो ) ,खुश्बु घिमिरे र रमेस बहादुर सुनाखरी मगर ( लेगोस ) चयन भएका छन् ।
आइसीसी सदस्यमा चिरञ्जीवी रोका चुनिएका छन् ।

समितिको सल्लाहकार समितिमा मन थापा, हिमा खडका, उर्मिला रोका, बिश्वास पौडेल र बिन्दु क्षेत्री रहेका छन् । समितिको संरक्षकहरूमा हिक्मत थापा, संजीव क्षेत्री र बिदुर घिमिरे छन् ।



प्रतिक्रिया दिनुहोस !