५ जेष्ठ २०८१, शनिबार

नेप्से दाहोरो अंकले बढेसँगै कारोबार रकम साढे १५ अर्ब माथि

प्रकाशित मिति :  4 August, 2021 4:55 pm


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से साताको चौथो कारोबार दिन बुधबार आज दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक १२.५ अंकले बढेर ३ हजार १२३.१५ अंकमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ०.७१ अंकले बढेर ५७८.२३ अंकमा पुगेको छ ।

आज १३ ओटा उपसमूहमध्ये ६ वटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी रहमेका ७ वटा उपसमूहको परिसूचक घटेको छ ।

कारोबार रकमको आधारमा अपि पावर कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको ७९ करोड ५० लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो ।

नेप्सेमा आज ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अपि पावर कम्पनी, खानीखोला हाइड्रोपावर , दिव्यस्वरी हाइड्रोपावर, कालिका पावर, अप्पर तामाकोशी, घलेम्दी हाइड्रो, यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

कूल २२५ वटा कम्पनीको २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !