६ जेष्ठ २०८१, आइतबार

क्यासनेपले राष्ट्रिय युवा भिजन प्रतियोगिता गर्ने

प्रकाशित मिति :  8 August, 2021 2:56 pm


काठमाडौं । क्यासनेपले राष्ट्रिय युवा भिजन लेखन प्रतियोगिता गर्ने भएको छ । देश विकासको लागि युवाको कस्तो दृष्टिकोण रहेको छ भन्नको लागि भिजन प्रतियोगिता गर्न लागेको हो । देशभर रेहका युवाहरुको भिजनलाई समेटेर क्यासनेपले पूस्तक प्रकाशन गर्ने क्यासनेपले जनाएको छ ।

यस प्रतियोगितामा १६ देखि २६ वर्षसम्मका युवाहरुले भाग लिन पाउने छन् । देशभर बाट आएका भिजनलाई समेटेर उत्कृष्ट १ सय जनाको भिजन पुस्तकमा प्रकाशन गर्ने र त्यसमध्ये उत्कृष्ट ३ जनाले नगद पुरस्कार सहित प्रमाणपत्र पाउने क्याशनेपले जनाएको छ ।

आफ्नो भिजन १२ सय शब्दमा नघटाई  १८ सय शब्दमा नबढाई २०७८ भदौ १२ गतेसम्म पठाई सक्नुपर्ने छ ।

भिजन लेखनका लागि बिज्ञान तथा प्रबिधिको नया आविष्कार अन्वेषण, कृषि पद्धति, बन तथा बन्यजन्तु संरक्षण, वातावरण सम्बन्धि, साहित्य, संगीत सम्बन्धि, अर्थतन्त्र, निति निर्माण, शिक्षा, स्वास्थ्य, सुचना तथा सन्चार अथवा यी बाहेक अन्य शिर्षक पनि समाबेश गर्न मिल्ने क्याशनेपले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !